कर्णालीमा गर्भपतन सेवा निस्प्रभावी

523
  •  
  •  
  •  

काठमाडौं, १६ भदौं (ओएनएस) ; कर्णाली क्षेत्रमा सुरक्षित गर्भपतन सेवा र सुरक्षित मातृत्व शिशु सेवा कार्यक्रम प्रभावकारी हुन नसकेको सरोकारवालाहरुले बताएका छन् ।

राजधानीमा एक्सन वक्र्स र आउटलाइन मिडियाको संयुक्त आयोजनामा सुरक्षित गर्भपतन सेवा सम्बन्धी छलफल कार्यक्रममा सरोकारवालाहरुले यस्तो धारणा राखेका हुन् ।

कार्यक्रममा कणार्लीका सभासद गोमा कुवर गौतमले सुरक्षित गर्भपतन सेवा सम्बन्धी कार्यक्रमहरु प्रभावकारी ढंगले कार्यन्वय हुन नसकेको बताए । सभासद गौतमले सदियौदेखिको छाउँपडि प्रथा, बहुपति प्रथालेसँगै सामाजिक नैतिकताले गर्दा सुरक्षित गर्भपतन सेवा प्रभावकारी हुन नसकेको दावी गरे । उनले सिंगो कर्णालीको महिलाहरुमा एनजिओ आइएन जिओको एक दिने तालिमले कुनै असर पार्न नसकेको बताउँदै यस्ता कार्यक्रम प्रभावकारी ढंगले सरकारले कार्यन्वयमा लैजानु पर्ने औल्याए ।

यसैगरी कार्यक्रमका अर्का वक्ता सभासद ललित जंग शाहीले सबैक्षेत्रको अगुवाहरुले महिलाको सुरक्षित गर्भपतन गर्न पाउने अधिकार र सुरक्षित मातृत्व शिशु अधिकारका लागि पहल गर्नु पर्नेमा जोड दिए ।

अर्का पुर्व सभासद विमला केसीले कर्णाली छुटै मुलुक जस्तो भएको बताउँदै सरकारले कर्णाली क्षेत्रको आम समस्या र सम्भावनाको विषयमा गम्भीर ढंगले सोच्न नसकेको दावी गरे । उनले भने ‘सरकाले अझै कर्णाली क्षेत्रमा चासो चिन्ता व्यक्त नगर्ने हो भने कर्णाली कहिले विकास हुन सक्दैन ।’

कार्यक्रममा एक्सन वर्कसले जुम्लाको शनीगाउँ, कुडारी  र लाम्रा गाविसमा यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी सचेतना विशेष परिवार नियोजन तथा गर्भपतन सम्बन्धमा गरिएको अध्ययन प्रतिवेद सार्वजनिक गरेको थियो ।

प्रतिवेदनमा तीन गाविसका ५ सय ९१  घरधुरीमा सर्वेक्षण गरिएको उल्लेख छ । अध्ययनको क्रममा ६ वटा स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीसँग, कणार्ली स्वास्थ्य विज्ञान प्रतिष्ठान, मेरी स्टोप्स, प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीहरमा सूचना संकलन गरिएको थियो । अध्ययनमा १५ वर्ष देखि ४९ वर्षका विवाहित तथा अविवाहित महिला तथा पुरुषहरु सहभागी रहेको प्रतिवेदनमा उल्लेख छ ।

अध्ययनले ७४ प्रतिशतले गर्भपतनबारे जानकारी रहेको बताए पनि ५२ प्रतिशतले मात्र गर्भपन सम्बन्धि कानुनी प्रावधानको बारेमा जानकारी रहेको प्रतिवेदनमा छ ।  सहभागीहरुमा ९९ प्रतिशत  उत्तरदाता गर्भपतन समबन्धि कुनै न कुैन प्रकारका भ्रम र अन्धविश्वास रहेको प्रतिवेदमा उल्लेख छ । यसैगरी ६० प्रतिशत उत्तरदताको सुरक्षित गर्भपतन सम्बन्धमा नकरात्मक धारणा रहेको पाइएको छ ।


  •  
  •  
  •