कर्णाली प्रदेशको बैठक बस्दै, बजेट प्रस्तुत गर्ने तयारी

300
  •  
  •  
  •  

काठमाडाैँ, १३ बैशाख (अाेएनएस) : कर्णाली प्रदेशकाे अाज प्रदेशसभाको बैठक बस्दैछ। दिउँसो १ बजेका लागि बोलाइएको प्रदेशसभाको बैठकमा चालु आर्थिक वर्षकाे तेस्राे चाैमसिककाे अन्तिम तीन महिनाको बजेट विहीबार सार्वजनिक गरिदैँछ ।

उक्त बजेट कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले प्रस्तुत गर्ने प्रदेश कार्यालयकाे सचिवालयले जनाएकाे छ।

बुधबार कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रदेशसभाको बैठकबाट सर्वसम्मत पारित भएको थियो । नीति तथा कार्यक्रमको आधारमा बजेट ल्याउने तयारी पूरा भएको प्रदेश सरकारकी प्रवक्ता भूमि व्यवस्थापन, कृषि तथा सहकारी मन्त्री विमला केसीले जानकारी दिइन ।

प्रदेश सरकारले नीति तथा कार्यक्रमा पर्यटन, जलविद्युत, कृषि र जडीबुटीलाई सम्भावनाको रुपमा औल्याउँदै यी सम्भावनालाई सार्थक बनाउने नीति लिइने उल्लेख गरेको छ । नीति तथा कार्यक्रममा भौतिक पूर्वाधार, सडक, पर्यटन र जलविद्युत विकासलाई प्राथमिकता दिइएको छ ।संघीय सरकारले प्रदेश सरकारलाई चालु आर्थिक वर्षमा खर्च गर्न दिएको एक अर्ब २ करोड पाँच लाखको सीमाभित्र बजेट प्रदेश सरकारले ल्याउन लागेको हो।


  •  
  •  
  •