‘कर्णालीको विकास यथाशिघ्र गर ’

250
  •  
  •  
  •  

काठमाडौ, ३० कार्तिक (ओएनएस) : व्यवस्थापिका संसद विकास समितिले   कर्णालीका सवै जिल्लाहरुको तिव्र विकासका लागि विभिन्न मन्त्रालयलाई निर्देशन दिएको छ ।

विकास समितिको तर्फबाट कर्णाली क्षेत्रको समग्र विकासका लागि जीवन शाहीको संयोजकत्वमा उपसमिति समेत गठन गरिएको छ ।

समितिले स्थानीय विकास, भौतिक योजना तथा पूर्वाधार, वन तथा भू–संरक्षण, कृषि विकास, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयहलाई कर्णालीमा आ–आफ्नो कार्यक्षेत्रभित्रका कार्यक्रमहरु २ वर्षभित्र ठोस उपलब्धी प्राप्त हुने गरी गर्न निर्देशन दिएको हो ।

त्यसका लागि नीतिगत तथा स्रोत साधन सम्बन्धी पक्षहरुमा राष्ट्रिय योजना आयोग तथा अर्थ मन्त्रालयलाइ सम्बन्धित कार्यक्रमहरुमा टेवा पु¥याउन आदेश दिएको छ ।

त्यस्तै कर्णलीका सवै जिल्लाहरुमा शीघ्रातिशीघ्र सडकहरु निरन्तर मर्मत सुधार गरी स्थानीय सडक यातायात सहज र सुरक्षित बनाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्दिष्ट गरेको छ ।

त्यसैगरी सम्बन्धित अन्य निकाय समेतको समन्वयमा हिमाली क्षेत्रका जडिबुटीहरु लाई राष्ट्रिय लगत खडा गरी संरक्षण विस्तार, संकलन प्रशोधन र व्यापारका लागि १ वर्षभित्र विशेष कार्यक्रम बनाई कार्यान्वयन गर्न वन मन्त्रालयलाई निर्देशन गरेको छ ।

समितिले विकास मन्त्रालयलाई कर्णालीका सबै जिल्लाहरुमा उत्पादन हुने विशेष खाद्यान्नहरु, फलपूmल तथा तरकारीहरुको संरक्षण विकास गर्न भनेको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई पर्यटक आवागमन सहज बनाउन पर्यटन पथमार्गहरु विकास, पर्यटन आवास समेतका कार्यक्रमहरु तर्जुमा गरी विश्व पर्यटनको एक प्रमुख गन्तब्यको रुपमा विकास गर्न निर्देशन गरिन्छ ।
स्थानीय अर्थतन्त्रको विकास गर्न सम्भावित कार्यक्रमको रुपमा ७ वर्षे मध्यकालीन र १५ वर्षे दीर्घकालीन विकास गुरु योजना बनाई २ महिनाभित्र कार्यान्वयनका लागि प्रस्तुत गर्न निर्देशन गरिन्छ ।


  •  
  •  
  •