कर्णालीका मुख्यमन्त्री शर्माद्वारा राजीनामाको घोषणा

69
  •  
  •  
  •  

काठमाडौं । कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले पदबाट राजीनामा दिने घाेषणा गरेका छन् । बुधबार बसेकाे प्रदेशसभा बैठकलाई सम्बाेधन गर्ने क्रममा उनले राजीनामाकाे घाेषणा गरे ।

सत्ता गठबन्धनमा भएकाे सहमतिअनुसार कर्णालीकाे मुख्यमन्त्री नेकपा एमालेले पाउने सहमति भएकाे थियाे । साेही सहमतिबमाेजिम आफूले राजीनामा दिने शर्माले घाेषणा गरे । उनी माओवादी केन्द्रबाट मुख्यमन्त्री बनेका थिए ।


  •  
  •  
  •