कर्णाली सरकारमा सहभागी ३ मन्त्रीले दिए सामुहिक राजीनामा

39
  •  
  •  
  •  

सुर्खेत । कर्णाली प्रदेश सरकारका तीन मन्त्रीले सामूहिक राजीनामा दिएका छन् । एमालेबाट कर्णाली प्रदेश सरकारमा सहभागी भएका आर्थिक मामिला मन्त्री प्रकाश ज्वाला, सामाजिक विकास मन्त्री दल रावल र वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले मंगलबार राजीनामा दिएका हुन् ।

उनीहरुले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसमक्ष राजीनामा बुझाएका छन् । कर्णालीमा एमालेले एकल सरकार बनाउने योजनासहित आफ्ना मन्त्रीहरुलाई राजीनामा दिन आग्रह गरेको थियो । यसअघि गत चैत ४ गते एमालेले कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो ।

४० सदस्यीय कर्णाली प्रदेशसभामा नेकपा एमालेका २०, माओवादी केन्द्रका १३ र राप्रपाका १ जना सांसद रहेका छन् ।


  •  
  •  
  •