कर्णाली प्रदेशमा थप २८ जनामा कोरोना संक्रमण, ३९ जना डिस्चार्ज

42
  •  
  •  
  •  

काठमाडौं । कर्णाली प्रदेशमा थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सामाजिक मन्त्रालयका कर्णाली प्रदेशका अनुसार पछिल्लो २४ घण्टामा थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

थपिएका नयाँ संक्रमितमा सुर्खेतका २२ जना, दैलेख, बझाङ, सर्लाही, बाँके र दाङका १÷१ जना रहेका छन् । प्रदेश अस्पताल/पशुपक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो ।

यसैगरी चौरजहारी नगरपालिका पीसीआर प्रयोगशाखामा गरिएको परीक्षणमा सल्यानका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कर्णाली प्रदेशमा थप कोरोना संक्रमितको संख्या २८ सय ६३ रहेको छ ।

मंगलबार थप ३९ जना डिस्चार्ज भएका छन् । योसँगै २ हजार ५ सय ७० जना हालसम्म डिस्चार्ज भएका छन् । कर्णाली प्रदेशमा मृत्यु हुनेको संख्या ६ जना रहेको छ भने सक्रिय संक्रमितको संख्या २ सय ८७ रहेको छ ।

 


  •  
  •  
  •