कर्णाली प्रदेशमा थप २३ जनामा कोरोना संक्रमण

83
  •  
  •  
  •  

काठमाडौं । कर्णाली प्रदेशमा थप २३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशका अनुसार योसँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार ३४ पुगेको छ ।

सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा दैलेखका १८ जना, सल्यानका १, दैलेख अस्पताल दैलेखमा गरिएको परीक्षणमा दैलेखका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
,
यस्तै कर्णाली प्रदेशमा थप ३ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १८९४ पुगेको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ ।


  •  
  •  
  •