कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या १९६५ पुग्यो

94
  •  
  •  
  •  

काठमाडौं । कर्णाली प्रदेशमा थप पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालय कर्णालीका अनुसार कालिकोटका ४ र रामेछापका एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्इा १९ सय ६५ पुगेको छ । २४ घण्टामा थप ५५ जना डिस्चार्ज भएका छन् ।

डिस्चार्ज हुनेको संख्या १८ सय ६३ पुगेको छ । कर्णाली प्रदेशमा हालसम्म ६३ जनाको मृत्यु भइसकेको छ । हाल ९६ जना संक्रिय संक्रमित रहेका छन् ।


  •  
  •  
  •