कर्णाली प्रदेशमा थप २२ जनामा कोरोना

391
  •  
  •  
  •  

काठमाडौं । कर्णाली प्रदेशमा थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशका अनुसार पछिल्लो २४ घण्टामा २२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या १९ सय ३७ पुगेको छ । नयाँ संक्रमितमा मुगुका १, सल्यानका ३, सुर्खेतका ७, दैलेख १० र जाजरकोटका १ जना रहेका छन् ।
यसैबीच कर्णालीमा थप १५ जना उपचारपछि निको भएका छन् ।

 


  •  
  •  
  •