कर्णालीमा थप २८ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १८ सय ७९ पुग्यो

236
  •  
  •  
  •  

काठमाडौं । कर्णाली प्रदेशमा थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेश अस्पताल/पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा सुर्खेतका ३ जना र दैलेखका १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै दैलेख अस्पतालमा गरएको परीक्षणमा दैलेखका २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
योसँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या १८ सय ७९ पुगेको छ ।

कर्णाली प्रदेशमा आइतबार थप ५ जना कोरोना संक्रमित उपचारपछि निको भएका छन् । योसँगै कर्णाली प्रदेशमा डिस्चार्ज हुनेको संख्या १६ सय ४४ पुगेको छ । कर्णाली प्रदेशमा हालसम्म ६ जनाको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ ।

 


  •  
  •  
  •