कर्णाली प्रदेशमा थप २२ जनामा कोरोना संक्रमण पुष्टि, १३ जना संक्रमणमुक्त

299
  •  
  •  
  •  

काठमाडौं । कर्णाली प्रदेशमा थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा कालिकोटका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

दैलेख अस्पताल दैलेखमा गरिएको परीक्षणमा दैलेखका १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या १७ सय ८३ पुगेको छ ।

यस्तै कर्णाली प्रदेशमा थप १३ जना कोरोना संक्रमित उपचारपछि निको भएका छन् । योसँगै कर्णाली प्रदेशमा उपचारपछि निको हुनेको संख्या १५ सय ४६ पुगेको छ ।

 


  •  
  •  
  •