कर्णाली प्रदेशमा थप ११ जनामा कोरोना संक्रमण, ८ जना संक्रमणमुक्त

208
  •  
  •  
  •  

काठमाडौं । कर्णाली प्रदेशमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार सुर्खेतमा ४, सल्यानमा ३, कालिकोटमा १, हुम्लामा १, दैलेखमा २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

उनीहरुको प्रदेश अस्पताल-पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत, दैलेख अस्पताल, दैलेख र भेरी अस्पताल बाँकेमा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै कर्णाली प्रदेशमा कोरोना भाइरस संक्रमितको संख्या १७ सय ४९ पुगेको छ ।

यस्तै कर्णाली प्रदेशमा थप ८ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै कर्णाली प्रदेशमा कोरोना संक्रमणमुक्त हुनेको संख्या १५ सय १९ पुगेको छ । कर्णालि प्रदेशमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ ।

 


  •  
  •  
  •