कर्णाली प्रदेशमा थप १२ जनामा कोरोना संक्रमण

205
  •  
  •  
  •  

काठमाडौं । कर्णाली प्रदेशमा थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नयाँ संक्रमितमा सुर्खेतमा १, जाजरकोटका २, सल्यानका २, मुगुका १, दैलेखका ५ र रुकुम पश्चिमका १ जना रहेका छन् ।

योसँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या १७ सय २६ पुगेको छ । यस्तै कर्णाली प्रदेशमा थप १३ जना उपचारपछि निको भएको सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशले जनाएको छ । योसँगै कर्णाली प्रदेशमा उपचारपछि निको हुनेको संख्इा १४ सय ८८ पुगेको छ ।

कर्णाली प्रदेशमा हालसम्म ६ जनाको मृत्यु भइसकेको छ ।


  •  
  •  
  •