कर्णाली प्रदेशमा थप २७ जनामा कोरोना संक्रमण

45
  •  
  •  
  •  

काठमाडौं । कर्णाली प्रदेशमा थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशका अनुसार सुर्खेतमा १४ जना, जुम्लामा १, जाजरकोटमा १, काठमाडौंमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । उनीहरुको प्रदेश अस्पताल सुर्खेत, पशुपन्छि रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

यस्तै कर्णाली स्वास्थ्य विज्ञापन प्रतिष्ठान जुम्लामा गएिको परीक्षणमा जुम्लाका ४, दैलेख अस्पतालमा दैलेखका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

यस्तै मंगलबार कर्णाली प्रदेशमा थप ७ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै कर्णालीमा कोरोना संक्रमणमुक्त हुनेको संख्या १४ सय ६२ पुगेको छ ।

 


  •  
  •  
  •