कर्णाली प्रदेशमा थप २१ जनामा कोरोना संक्रमण, ४३ जना डिस्चार्ज

254
  •  
  •  
  •  

काठमाडौं । कर्णाली प्रदेशमा थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालय, कर्णाली प्रदेश, सुर्खेतका अनुसार नयाँ संक्रमितमा सुर्खेतका ११ जना, कालिकोटका ७, रुकुम पश्चिमका २ र दैलेखका १ जना रहेका छन् ।

यो सँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या १६ सय १६ पुगेको छ । यस्तै कर्णाली प्रदेशमा आइतबार मात्रै ४३ जना कोरोना संक्रमित उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १४ सय ८ पुगेको छ ।
हेर्नुहोस्


  •  
  •  
  •