कर्णाली प्रदेशमा थप २० जनामा कोरोना संक्रमण

245
  •  
  •  
  •  

काठमाडौं । कर्णाली प्रदेशमा थप २० जनामा कोरोना भाइरस(कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । सुर्खेतका १३, दैलेखका ५, मुगुका २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या १५ सय ५० पुगेको छ ।

बुधबार थप १६ जना उपचारपछि निको भएका छन् । कर्णाली प्रदेशमा उपचारपछि निको हुने कोरोना संक्रमितको संख्या १२ सय ९१ पुगेको छ ।

हेर्नुहोस्


  •  
  •  
  •