कर्णाली प्रदेशमा थप १४ जनामा कोरोना संक्रमण, मंगलबार २८ जना डिस्चार्ज

55
  •  
  •  
  •  

काठमाडौं । कर्णाली प्रदेशमा कोरोना भाइरसबाट संक्रमितको संख्या एक हजार पाँच सय ३० पुगेको छ।

पछिल्लो २४ घण्टामा कर्णाली प्रदेशमा १४ नयाँ संक्रमित थपिएका प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तर्गत स्वास्थ्य सेवा महाशाखाले जनाएको छ।

नयाँ थपिएका संक्रमित सुर्खेतका १२ र सल्यानका दुई जना छन् जसमा ७ जना महिला र ७ जना पुरुष रहेका छन् ।

कर्णालीमा आजै २८ जना कोरोना निको भएर डिस्चार्ज भएका छन्। यो सँगै डिस्चार्ज हुनेको संख्या १२ सय ७५ पुगेको छ भने ६ जनाको मृत्यु भएको छ।


  •  
  •  
  •