कर्णाली प्रदेशमा थप २६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १४ सय ३३ पुग्यो

274
  •  
  •  
  •  

काठमाडौं । कर्णाली प्रदेशमा थप २६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण केन्द्र र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको प्रयोगशालामा भएको परीक्षणमा शुक्रबार २६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

थपिएका संक्रमितमध्ये सुर्खेतका १३, दैलेखका पाँच, सल्यानका तीन, जाजरकोट दुई, मुगु र जुम्लाका एक÷एक जना रहेका छन । यस्तै काठमाडौंका व्यक्तिमा पनि कर्णालीमा कोरोना संक्रमण देखिएको कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

त्यसमा सुर्खेत वीरेन्द्रनग नगरपालिकाका १२ र बराहताल गाउँपालिकाका एक, दैलेख दुल्लु नगरपालिकाका पाँच, सल्यानको शारदा नगरपालिकाका तीन, जाजरकोटको शिवालय गाउँपालिकाका दुई र मुगु छायाँनाथ नगरपालिकाका, जुम्लाको सिंजा गाउँपालिकाका र काठमाडौंको टोखा नगरपालिकाका एक÷एक जना रहेका छन ।

योसँगै कर्णालीमा संक्रमितको संख्या १४३३ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा कर्णालीमा थप २८ जना कोरोना संक्रमित उपचारपछि निको भएका छन् । यो सँगै कर्णाली प्रदेशमा उपचारपछि निको हुनेको संख्या ७ सय २० पुगेको छ ।

 


  •  
  •  
  •