कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या ११०४ पुग्यो, ४ सय ९४ जना डिस्चार्ज

263
  •  
  •  
  •  

काठमाडौं । कर्णाली प्रदेशमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशका अनुसार योसँगै संक्रमितको संख्या ११०४ पुगेको छ ।

नयाँ संक्रमितमा दैलेखका ४ र कालिकोटका १४ जना रहेका छन् । यस्तै कर्णाली प्रदेशमा आज महावु आइसोलेसन सेन्टर दैलेखबाट १०६ जना, नारायण आइसोलेसन सेन्टर/दैलेख अस्पताल दैलेखबाट ४३ जना र प्रदेश अस्पताल सुर्खेतबाट ३ जना गरी १ सय ५२ जना डिस्चार्ज भएका छन् ।

योसँगै डिस्चार्ज हुनेको संख्या ४ सय ९४ पुगेको छ । हालसम्म कर्णाली प्रदेशमा ३ जनाको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ ।


  •  
  •  
  •