कर्णाली प्रदेशमा बिहीबार थप ५५ जनामा कोरोना संक्रमण

243
  •  
  •  
  •  

काठमाडौं । कर्णाली प्रदेशमा बिहीबार थप ५५ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै कोरोना संक्रमितको संख्या सात सय ६३ पुगेको छ ।

प्रदेश अस्पताल र पशुपंक्षी रोग अन्वेषण प्रयोेगशाला सुर्खेतमा गरिएको परीक्षणमा दैलेखका ४८ जना, सुर्खेतका ६ जना र काठमाण्डौ घर भइ सुर्खेत बस्दै आएका एक जनामा कोरोना सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालय अन्तर्गत जनस्वास्थ्य सेवा महाशाखाले जानकारी दिएको छ ।

यस्तै कर्णालीमा कोरोनालाई जितेर घर फर्किनेको सङ्ख्या ६० पुगेको छ । बिहीबार मात्रै कोरोना विशेष अस्पताल सुर्खेतबाट ३१ जना निको भएर घर फर्किएका छन् । कर्णालीमा कोरोना सङ्क्रमणबाट तीन जनाको ज्यान गएको छ ।


  •  
  •  
  •