कर्णाली प्रदेशका भौतिकमन्त्री खत्री बर्खास्त

182
  •  
  •  
  •  

काठमाडौं । कर्णाली प्रदेशका भौतिक पूर्वाधार तथा विकासमन्त्री खड्कबहादुर खत्री बर्खास्त भएका छन् ।
उनी बैंकिङ कसुरमा पक्राउ परे लगतै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले खत्रीलाई बर्खास्त गरेका हुन् । उक्त मन्त्रालयको जिम्मेवारी शाही आफैंले सम्हाल्नेछन् ।

उच्च अदालत पाटनले खत्रीलाई तीन दिनभित्र पक्राउ गरी उपस्थित गराउन आदेश दिएको थियो ।  मन्त्री खत्री आफैं ठेकेदार हुन् । मन्त्री खत्रीको केएसके नामक कन्स्ट्रक्सन कम्पनी सुर्खेतमा छ ।

फर्जी बैंक ग्यारेन्टी गर्दा उनी जमानी बसेका थिए । ५५/५५ लाख रुपैयाँका दुई वटा ठेक्काको बैंक ग्यारेन्टी फर्जी बनाउँदा उनी साक्षी बसेका थिए र प्रहरीले उनको बयान पनि संलग्न राखेको थियो ।

बैंक ग्यारेन्टीमा ठेकेदार रणवीर तुम्बा र देवजंग शाहीको प्रत्यक्ष संलग्नता थियो । सो मुद्दामा तुम्बा, शाही र बैंकका तत्कालीन शाखा अधिकृत छविलाल ढकाललाई प्रहरीले पक्राउ गरी अदालत पेश गरेको थियो ।


  •  
  •  
  •