कर्णाली नदीमा खसेको जीप अझै भेटिएन

263
  •  
  •  
  •  

हुम्ला । हुम्लामा कर्णाली नदीमा जीप खस्दा बेपत्ता भएकाहरुको खोजिकार्य बुधबार बिहानैदेखि शुरु गरिएको छ ।

प्रतिकात्मक तस्बिर

बेपत्ता भएकाहरुलाई मंगलबार साँझसम्म खोजि गर्दा नभेटिएपछि बुधबार बिहानैदेखि नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरीबलको टोलीले कर्णालीको किनारमा खोजि कार्य शुरु गरेको हुम्लाका सहयाक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले जानकारी दिए ।

उनका अनुसार काठमाडौंबाट गोताखोरको टोली घट्नास्थल पुगेको छ । मंगलबार उद्दारमा गएका ४ वटा हेलिकप्टर मौसम खराब भएका कारण राउन्ड लगाएर फर्केका थिए ।

हुम्लाको खार्पुनाथ गाउँपालिका ५ को खार्पुनाथबाट याक्चु कुना जाँदै गरेको लु १ ज ७१६६ नम्बरको जीप मंगलबार दिउँसो कर्णाली नदीमा खसेको हो । जीप नदीमा खस्दा बेपत्ता हुनेहरुमा गाउँपालिकाकी उपाध्यक्ष सिन्धु शाही हमालसहितका १० जना रहेका छन् ।


  •  
  •  
  •