कर्णाली नदीमा जीप खस्यो, १० जना वेपत्ता

138
  •  
  •  
  •  

काठमाडौं । कर्णाली नदीमा जीप खस्दा कम्तीमा १० जना वेपत्ता भएका छन् । मंगलबार दिउँसो हुम्लाको खार्पुनाथा गाउँपालिका ५ को खार्पुनाथबाट सदरमुकाम सीमकोट जाँदै गरेको लु १ ज ७१६६ नम्बरको जीप याङ्चु भन्नेस्थानबाट नदीमा खसेको हो ।

प्रतिकात्मक तस्बिर

हुम्लाका प्रमुख जिल्ला अधिकारी धोलकराज ढकालले जीपमा १० जना बढी सवार रहेको जानकारी दिँदै गाडी र यात्रुको अवस्था थाहा हुन नसकेको बताए ।

अहिले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीय बासिन्दाको प्रयासमा जीप र यात्रुको खोजी भइरहेको जनाइएको छ ।

यस्तै जीपमा खार्पूनाथ गाउँपालिकाकी उपाध्यक्ष सिन्धु शाही हमालसहित उनका पारिवारिक सदस्यहरू रहेको खुलेको छ । खार्पूनाथ गाउँपालिकाका अध्यक्ष कर्णबहादुर रावलले दुर्घटनामा उपाध्यक्ष परेको बताए ।


  •  
  •  
  •