कर्णाली प्रदेशको बजेट ३४ अर्ब ३५ करोड(पूर्णपाठसहित)

152
  •  
  •  
  •  

काठमाडौं । कर्णाली प्रदेशले आगामी आर्थिक वर्ष २०७६/७७ का लागि ३४ अर्ब ३५ करोड ३४ लाख २५ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । प्रदेश सभा बैठकमा आइतबार कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले बजेट सार्वजनिक गरेका हुन् ।

प्रदेशले आगामी आर्थिक वर्षको बजेटमा चालुतर्फ १३ अर्ब ५ करोड ९६ लाख ५३ हजार रुपैयाँ र पूँजीगततर्फ (वित्तीय व्यवस्थापनसमेत गरी) २१ अर्ब २९ करोड ३७ लाख ७२ हजार रुपैयाँ विनियोजन गरिएको छ ।

प्रदेशले आगामी आवको बजेटका श्रोतका रुपमा आन्तरिक राजश्वबाट २५ करोड १० लाख ४१ हजार रुपैयाँ, चालु आर्थिक वर्षमा खर्च हुन नसकेको बाँकी रकमबाट ८ अर्ब ९४ करोड ७४ लाख ८४ हजार रुपैयाँ, संघीय सरकारबाट राजश्व बाँडफाँट गर्दा विनियोजन भएको ७ अर्ब ४४ करोड ४३ लाख रुपैयाँ स्रोतका रुपमा उल्लेख गरेको छ ।

हेर्नुहोस् पूर्णपाठ


  •  
  •  
  •