कर्णालीका १० कारागारमा पुस्तकालय

296
  •  
  •  
  •  

मुगु, २४ चैत(ओएनएस) : कर्णाली प्रदेशको १० वटै जिल्लामा एक्कै साथ सबै जिल्ला कारागारमा पुस्तकालय स्थापना गरिएको छ ।

प्रहरी–समुदाय साझेदारी कार्यक्रम अन्तर्गत कर्णाली प्रदेश प्रहरी कार्यालयले सबै कारागारमा पुस्तकालय स्थापना गर्ने निर्णय भए बमोजिम कर्णाली प्रदेशका १० वटै जिल्लामा कारागारमा पुस्तकालय स्थापना गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरीक्षक राजेन्द्र बाबु रेग्मीका अनुसार यहाँका १० जिल्लामा १० कारागार रहेका छन् । सबै कारागारमा एकै साथ कारागारमा पुस्तकालय स्थापना गर्ने निर्देशन अनुसार पुस्तकालय स्थापाना गरिएको हो ।

कर्णाली प्रदेश प्रहरी प्रमुख महेश विक्रम शाहको योजनामा कर्णाली प्रदेशका १० जिल्लामा कारागारमा पुस्तकालय स्थापना गर्ने अभियान थालिएको थियो । जसअन्तर्गत सबै जिल्ला प्रहरी कार्यालयले जिल्ला समन्वय समिति गठन गरेर पुस्तक संकलन गरेर कारागारमा पुस्तकालय स्थापना गरिएको जिल्ला प्रहरी कार्यलय मुगुले जनाएको छ ।

पुस्तकालय स्थापना गर्नमा स्थानीय तह, प्रशासन, जनप्रतिनिधि, लेखक, साहित्यकार तथा सर्वसाधारणले पनि सघाएका छन् ।

कैदीबन्दीलाई पनि बाहिरी संसारका विषयमा सकारात्मक सोचको विकास गर्न पुस्तक पढ्ने वातावरण बनाउन कारागारमा प्रशस्त समय हुने र त्यसअनुसार काम नहुँदा कैदीबन्दी फुर्सदिला हुने गरेका छन् ।

जसले गर्दा नकारात्मक भावनाको विकास हुने गरेकाले यस कारागारमा पुस्तकालय स्थापानाले महत्वपुर्ण टेवा पुग्ने प्रमुख जिल्ला अधिकारी जय कुमार घिमीरेले बताए ।


  •  
  •  
  •