कर्णाली प्रदेशले हावाहुरी प्रभावितलाई एक करोड सहयोग गर्ने

490
  •  
  •  
  •  

सुर्खेत, २३ चैत(ओएनएस) : कर्णाली प्रदेश सरकारले बारा र पर्साका हावाहुरी प्रभावितका लागि राहतस्वरुप एक करोड रुपैयाँ उपलब्ध गराउने भएको छ । शनिबार बसेको मन्त्रिपरिषद् बैठकले मुख्यमन्त्री राहत कोषमा उक्त रकम जम्मा गर्ने निर्णय गरेको हो ।

प्रदेशसभाका पछिल्ला बैठकमा विपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले प्रदेश नं २ मा ठूलो विपत्ति आउँदा कर्णाली सरकार मौन बसेको भन्दै सरकारको आलोचना गरेका थिए । यसअघि कांग्रेस संसदीय दलले हावाहुरी प्रभावित परिवारको सहयोगका लागि रु ४२ हजार मुख्यमन्त्री राहत कोषमा जम्मा गरिसकेको छ ।

यस्तै बैठकले वीरेन्द्रनगरस्थित प्रदेश अस्पताललाई शिक्षण अभ्याससहितको ३०० श्ययाको प्रेषण (रेफरल) अस्पतालका रुपमा स्तरोन्नति गर्ने निर्णय गरेको आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले बताए ।
हाल ५० श्ययाको उक्त अस्पताललाई सामाजिक विकास मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले शिक्षण अस्पतालका रुपमा स्तरोन्नति गर्ने निर्णय गरेको हो ।


  •  
  •  
  •