कर्णाली प्रदेशमा थप ४७ जनामा कोरोना संक्रमण, ४७ जना डिस्चार्ज

247
  •  
  •  
  •  

काठमाडौं । कर्णाली प्रदेशमा थप ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशका अनुसार सुर्खेतमा ४१ जना, जाजरकोटका १, बाँकेका १, दैलेखका २ र रुकुम पश्चिमका २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या १६ सय ६३ पुगेको छ ।

यस्तै कर्णाली प्रदेशमा थप ४७ जना कोरोना संक्रमित उपचारपछि निको भएका छन् । योसँगै कर्णाली प्रदेशमा उपचारपछि निको हुनेको संख्या १४ सय ५५ पुगेको छ ।

 


  •  
  •  
  •