तीन महिना अघि मन्त्रालयले पठाएका कर्मचारी स्थानीय तहमा नजादाँ काम प्रभावित

243
  •  
  •  
  •  

काठमाडौं, १८ चैत (ओएनएस) : तीन महिना अघि मन्त्रालयले पठाएका कर्मचारी स्थानीय तहमा नजादाँ काम प्रभावित भएकाे छ। महोत्तरीको गौशाला नगरपालिकाका विभिन्न तहका लागि खटाइएका शाखा अधिकृत नआएपछि कार्यालय सञ्चालनको लागि समस्या भएको नगरपालिकाका मेयर शिवनाथ महतोले बताए।

गौशाला नगरपालिकाका लागि गएको पुस महिनामै स्थानीयतहको विभागीय प्रमुख भएर कामकाज गर्नका लागि निर्देशनसहित कार्यालयमा हाजिर हुनका लागि पत्र पठाउँदासमेत अहिलेसम्म कार्यालयमा नआएपछि कामकाजमा समस्या भएको नगरपालिकाको कायार्यलयले जनाएको छ ।

नगरपालिका कार्यालयको स्रोतले दिएको जानकारी अनुसार शिक्षातर्फका गणेश महतो, स्वास्थ्यमा डा. देवेन्द्र यादव र कृषितर्फका वेचनप्रसाद साहलाई जिल्लाले गौशाला नगरपालिकाको लागि जिम्मेवारी दिएर पठाएता पनि अहिलेसम्म पनि कार्यालयमा हाजिर भएका छैनन्।


  •  
  •  
  •