प्रशासन मन्त्रालयले स्थानीय तहलाई करारमा कर्मचारी राख्न बाटो खाेल्यो

657
  •  
  •  
  •  

काठमाडौं, १४ चैत (ओएनएस) : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहलाई करारमा कर्मचारी राख्न परिपत्र जारी गर्दै बाटो खोलेको छ।

करारमा कर्मचारी नियुक्त गर्दा तोकिएको योग्यता परीक्षण र अन्तर्वार्ता समेत हुनेमन्त्रालयले जनाएको छ। जिल्ला समन्वय समिति समेतको जानकारीमा कर्मचारी पदपूर्ति गर्नुपर्ने जारी परिपत्रमा उल्लेख गरिएको छ।

निश्चित सेवामा करारमा कर्मचारी राख्न पाउने व्यवस्था मन्त्रालयले गरेको छ। प्रशासनमन्त्री लालबाबु पण्डितले मंगलबार स्वीकृत गरेको करारमा जनशक्ति व्यवस्थापन सम्बन्धी कार्यविधि अनुसार स्थानीय तहले इन्जिनियरिङ, कृषि, वन, पशु र स्वास्थ्य सेवामा करारमा कर्मचारी राख्न पाउनेछन्।

एक वर्षभरिमा पूर्ति हुने स्थायी दरबन्दीको सीमाभन्दा बढी करारका कर्मचारी राख्न नपाइने जारी परिपत्रमा उल्लेख छ।
मन्त्रालयले कर्मचारी व्यवस्थापन सम्बन्धी कार्यविधिको परिपत्र सबै स्थानीय तहमा पठार्इ सकेको जनाएको ।


  •  
  •  
  •