काठमाडौं, २६ पुस(ओएनएस) : संघ, प्रदेश र स्थानीय तहको समायोजनका लागि अनलाइनमार्फत् निवेदन दिने कर्मचारीहरूको संख्या ५० हजार नाघेको छ ।
हिजो(बुधबार) साँझसम्म ५० हजार १ सय ७९ जनाले निवेदन दिएको बताइएको छ । निवेदन दिने मध्ये २५ हजार २ सय ५२ जनाले पोष्टिङ नै रोजिसकेका छन् भने २४ हजार ९ सय ३७ जनाले अनलाइनमार्फत निवेदन दर्ता गराएका छन् ।
सरकारले माघ २ गतेसम्म कर्मचारीहरुले समायोजनमा जानका लागि निवेदन दिनैपर्ने व्यवस्था गरेको छ ।
सरकारले एक लाख ३८ हजार १ सय ७८ कर्मचारीका लागि दरबन्दी तयार गरी समायोजन हुन कर्मचारीबाट आवेदन आह्वान गरेको हो ।