नेपालको राजनीतिमा करिश्मा सिन्ड्रोम

394
  •  
  •  
  •  

Ram Lohani
राम लोहनी

उहिले माओवादीका नेता प्रचण्ड भूमिगत हुँदैको कुरा हो । कुनै पत्रिकाले अन्तरवार्ता लिएछ । प्रश्न सोध्‍ने क्रममा नेपाली सिनेमाको बारेमा पनि सोधिएछ । अनि मन पर्ने कलाकारको नाम सोध्दा प्रचण्डले करिश्मा मानन्धरको नाम लिएछन् । कुन काकतालीले हो, त्यो अन्तरवार्ता मैले पनि पढेको थिएँ । मलाई त्यो बेलामा के लाग्यो भने प्रचण्डलाई नयाँ कलाकारको नाम थाहा रहेनछ । थाहा हुने कुरा पनि भएन ।

करिश्माको नाम आयो, फ्याट्ट भनिदिए । त्यत्रो नेता भएको मान्छेले नेपाली चलचित्र जगतको बारेमा सामान्य जानकारी पनि राख्दो रहेनछ भन्ने सन्देश जाला भन्ने पनि लागेको हुन सक्छ । ग्ल्यामर दुनियाँमा पसेका व्यक्तिहरूलाई मन पराउने, नपराउने भनेको उसको कलालाई हेरेर हो । कलाकारलाई मन पराउनुको “मन पराउनु” लाई सामान्य अर्थमा लिनु पर्छ, न कि कुनै स्त्री-पुरुषको परस्परको मन पराइ भनेर ।

karishma-manandharत्यो सामान्य थियो । यसमा कुनै बहस गर्नुपर्ने कुरै थिएन, र छैन । कसैले भनिदियो पछि कि प्रचण्ड करिश्माको फ्यान हो भनेर । यसमा पनि कुनै आपत्ति हुन नहुने हो । कुनै पार्टीको नेता कुनै कलाकारको फ्यान हुनु कुन खराब कुरा भयो ? आफू फ्यान भएपछि त्यो कलाकार आफ्नै पार्टीको हनुमान हुन पर्ने त होइन नि !

तर, केही दिनअघि प्रचण्डले कुरा छेडे, “मैले करिश्मालाई मन पराउँछु भनेर हल्ला गर्दा रहेछन्” भनेर । यो “मन पराइ” भित्रको अर्थ अलि शङ्कास्पद भयो । प्रचण्डले अलि अलि हाँस्दै ठट्यौलो ढङ्गले भनेका थिए । यो अभिव्यक्तिमा प्रचण्डको मनमा रहेको करिश्माप्रतिको आकर्षण छताछुल्ल भएको बुझ्‍न सकिन्थ्यो । कुरा यतिमै टुङ्गिएको भए कुनै अर्थ निकाल्न मिल्ने थिएन । तर, प्रचन्डले तितो पोखे, “करिश्मा बाबुरामको फ्यान हो । बाबुरामको फ्यानलाई मैले मन पराए के मन नपराए के ?” भन्ने अर्थ बुझ्‍न मान्छे बाध्य भए ।

थाङ्ना कुरा गर्ने नेता र थाङ्ना कुरालाई ब्रेकिङ न्युज बनाउने मिडिया दुवै उस्तै उस्तै हुन् ।

(राम लोहनीको फेसबुकबाट साभार)


  •  
  •  
  •