दोस्रो विवाहको तयारीमा करिश्मा कपुर

1967
  •  
  •  
  •  

ka

काठमाडौं, २३ जेठ (ओएनएस) – संजय कपुरलाइ वैवाहिक जीवनबाट पाखा लगाएकी करिश्मा कपुरले पुनः विवाह गर्ने भएकी छन् । भारतीय संचारमाध्यमका अनुसार ३९ बर्षिया सन्दिप तोस्नियालको पहिलो वैवाहिक जीवन पनि असफल भएको जनाइएको छ । पहिलो विवाह तर्फ दुई सन्तानका अभिभावक भइसकेका यो जोडी लामो समयदेखि एक अर्काको सम्वन्धलाई लिएर ढुक्क रहेको बताईएको छ ।

स्रोतका अनुसार, दुबैको सम्बन्धलाई लिएर परिवार समेत खुसी छ । यद्यपी करिश्मा र संजयको सम्बन्ध डिभोर्सको अन्तिम चरणमा पुगेको छ । संजयसँग डिर्भोस गर्ने निर्णय गरे लगत्तै संदिपले करिश्मालाई खुलेर साथ दिन थालेकाहुन् । करिश्माले सन् २००३ मा परिवारको सहमतीमा संजयसँग विवाह गरेकाहुन् । विवाह लगत्तै उनीहरुको जीवनमा खटपट सुरु भई सकेको समाचारहरु सार्वजनिक भएकाथिए ।

 


  •  
  •  
  •