सवारी साधनको कार्वन उत्सर्जन परीक्षण सुरु

44
  •  
  •  
  •  

काठमाडौ,२८ मंसिर (ओएनएस) :  सवारी साधनहरुको कार्वन उत्सर्जन परीक्षण सुरु गरिएको छ । बुधबार दरवारमार्गमा गुडिरहेका यातायातका साधनहरुको उत्सर्जन परीक्षण गरिएको छ । परिक्षण गरिएका ३७ वटा सवारी साधनहरु मध्ये १३ वटा गाडी निर्दिेष्ट मापदण्ड फेल भएकाले तत्काल कारवाही लागि यातायात कार्यालय पठाइएको प्रधानमन्त्री कार्यालयका सहसचिव डा.नारायण रेग्मीले ओएनएसलाई बताएका छन् ।

वातावरण ऐन अन्तर्गत ०.६५ प्रतिशत भन्दा माथि कार्वन उत्सर्जन गर्ने यातायातका साधन कार्वाहीमा पर्नेछन् । सवारी साधनहरुको कार्वन उत्सर्जन परीक्षण यातायात कार्यालयले गर्ने भए पनि प्रधानमन्त्री कार्यालयले काम गरिरहेको उनले बताए । हाल उपत्यका भित्र निश्चित ठाउँमा मात्रै सवारी परिक्षण सुरु गरिएकाले यसको विस्तारका लागि आवश्यक कानुन बनाउन लागेको समेत रेग्मीले जानकारी दिए ।

काठमाडौमा गुड्ने सवारी साधनहरुको परिक्षणलाई निरन्तरता दिने र कारवाहीमा परेका सवारीलाई हरियो स्टिकर नदिने तथा पुन: गल्ती दोहोरिएमा थप कारबाही समेत गर्ने व्यवस्था रहेको छ ।


  •  
  •  
  •