अफगानिस्तानका विकेकिपर शफिकलाई ६ वर्ष प्रतिबन्ध

101
  •  
  •  
  •  

एजेन्सी । अफगानिस्तानका विकेकिपर ब्याट्सम्यान शफिकउल्लाह शफिकलाई ६ वर्षको लागि प्रतिबन्ध लगाएको छ ।खेल मिलोमतोको आरोप पुष्टि भएपछि उनलाई क्रिकेट बोर्डले कारवाहि गरेको हो ।

शफिकले २०१८ को अफगानिस्तान प्रिमियर लिग र २०१९ र २० को बंगलादेश प्रिमियर लिगमा खेल मिलोमतो गरेको आरोप लागेको थियो । जसमा जाँचबुझ गर्दा त्यसको पुष्टि भएको थियो ।

जसका कारण बोर्डले उनलाई ६ बर्षसम्म कुनैपनि क्रिकेट गतिविधीमा सहभागि हुन नपाउनेगरि प्रतिबन्ध लगाएको हो । यसका साथै उनलाई भ्रष्टाचार गरेको आरोपमा चार वटा मुद्दा पनि लगाइएको छ ।


  •  
  •  
  •