ढिलासुस्ती गर्ने कर्मचारीलाई कारबाहीको माग

106
  •  
  •  
  •  

काठमाडौं । काममा ढिलाई गर्ने कर्मचारीलाई कडा कारबाही गर्ने कानूनी व्यवस्था गर्न सरकारसँग माग गरिएको छ ।

संसदको राज्य व्यवस्था तथा सुशासन समितिको शुक्रबारको बैठकमा निजामति कर्मचारी सम्बन्धी विधेयकमाथिको छलफलमा भाग लिँदै सांसदले काममा ढिलासुस्ती गर्ने कर्मचारीलाई कारबाहीको व्यवस्था कानूनमै गर्न माग गरेका हुन् ।

काम नगर्ने कर्मचारीलाई कडा दण्ड सजायको व्यवस्था नगरे सेवाग्राहीको झन्झट ब्यर्होनुपर्ने क्रम नरोकिने सांसदहरुले बताएका छन् ।

दायित्व पूरा नगरे कार्वाही गर्ने कानुनी व्यवस्था नभएकै कारण भ्रष्टाचार बढेको सांसदहरुले बताए ।
सेवाग्राहीको काम समयमा नगरे त्यसको क्षतिपूर्ति सम्बन्धित कर्मचारीबाट असुल गर्ने कानुनी व्यवस्था गर्नुपर्ने सुझाव समेत सांसदहरुले दिएका छन् ।


  •  
  •  
  •