काठमाडौं । लुकिङ ग्लास नराख्ने र स्वरुप परिवर्तन गरेर मोटरसाइकल चलाउने चाकलमाथि कारवाही गरिने भएको छ । महानगरीय ट्राफिक महाशाखाले शनिबारदेखि नै यो नियम लागू गरेको हो । महाशाखाले नियम पालन नगरे कारवाही गर्ने चेतावनी समेत दिएको छ ।
महाशाखाका एसएसपी भीमप्रसाद ढकालका अनुसार आफूखुसी लुकिङ ग्लास हटाउने, स्वरुप परिवर्तन गरेका कारण चालकहरुले पछाडिका सवारी साधनको अवस्थाबारे जानकारी नहुँदा दुर्घटना बढेकाले यस्तो कदम चालेको बताए ।
लुकिङ ग्लास फोल्ड गर्ने, नराख्ने तथा ग्लासबाट दायाँबाँया नदेखिने गरी राख्ने मोटरसाइकल चालकलाई कारवाही गरिने उनको भनाइ छ ।
महाशाखाका अनुसार शनिबार मात्रै ३४५ मोटरसाइकल चालकलाई कारवाही गरिएको थियो ।