एक हजार २ सय ४० कर्मचारीलाई कारबाहीका लागि सिफारिस

279
  •  
  •  
  •  

काठमाडौं, २९ फागुन(ओएनएस) : राष्ट्रिय सतर्कता केन्द्रले एक हजार २ सय ४० कर्मचारीलाई कारबाहीका लागि सिफारिस गरेको छ ।

केन्द्रले २८ जिल्लाका ४ सय ५० सरकारी कार्यालयमा छड्के अनुगमनका क्रममा एक हजार २ सय ४० कर्मचारीलाई कारबाहीका लागि सिफारिस गरेको हो ।

केन्द्रका प्रवक्ता विष्णुराज लामिछानेका अनुसार छड्के अनुगमन गर्दा कार्यालय समय पालना नगर्ने ८ सय ९७ र तोकिएको पोशाक नलगाउने ३ सय ४३ कर्मचारीलाई कारबाहीको सिफारिस गरिएको हो । केन्द्रले सम्बन्धित कार्यालयका कार्यालय प्रमुखलाई पत्र लेख्दै ती कर्मचारीलाई कारबाही गर्न सिफारिस गरेको छ ।

केन्द्रले ४ सय ४३ कार्यालयमा रहेका नागरिक वडापत्रको अनुगमन समेत गरेको थियो । केन्द्रले नियमित रुपमा सरकारी कार्यालयको छड्के अनुगमन गर्ने गरेको छ ।


  •  
  •  
  •