अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा नेपाल पहिलो

283
  •  
  •  
  •  

धनगढी, १४ पुस (ओएनएस): आठौं अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा नेपाल ९४ पदक सहित पहिलो भएको छ ।
बिहीबार राती धनगढीमा सम्पन्न प्रतियोगितामा १ सय ६८ मध्ये नेपालले २३ स्वर्ण, २३ रजत र ४८ कास्य गरि ९४ पदक जितेको हो ।

सुदूरपश्चिमाञ्चल गोजुरियो कराते डो संघको आयोजनामा भएको प्रतियोगीताको कुमुतोविधातर्फ भने नेपालका विभागीय र क्षेत्रीय टिमले जित हासिल गरेको छ । यस्तै दोस्रो स्थानमा रहेको भारतले ९ स्वर्ण सहित ५१ पदक जितेको छ । तेस्रो स्थानमा रहेको भुटानले ६ स्वर्ण सहित ९ पदक जित्यो भने श्रीलङकाले २ स्वर्ण सहित ७, बंलादेशले १ स्वर्ण सहित ५ पदक र पाकिस्तानले १ स्वर्ण सहित २ पदक जितेको छ ।

कुमुतोमा सशस्त्र प्रहरीको एपिएफ पहिलो, सुदूरपश्चिमाञ्चल दोश्रो र पश्चिमाञ्चल तेश्रो भए । पहिलो भएको एपिएफले ५१ हजार, दोश्रो भएको सुदूरपश्चिमाञ्चलले ३१ हजार र तेश्रो भएको पश्चिमाञ्चलले २१ हजार पुरस्कार पाएका छन् ।


  •  
  •  
  •