यूएइमा नेपालका तेक्वान्दो खेलाडी चन्दले राखे नयाँ रेकर्ड

444
  •  
  •  
  •  

काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएइ)को दुबईस्थित फुजेरामा भएको इआइडी फ्यारोज तेक्वान्दो च्याम्पियनसीपमा नेपालका तेक्वान्दो खेलाडी करन बहादुर चन्दले गोलमेडल जित्न सफल भएका छन् ।

यस पटक दुबई पुलिस क्लबबाट खेलका चन्दले ९० केजी तर्फ गोलमेडल जित्न सफल भएका हुन् । प्रतियोगितामा दुबई पुलिस क्लब तेक्वान्दो खेलमा ३ गोलमेडल, ७ सिल्भर र ५ ब्रोन हात पार्न सफल भएको छ ।

यस खेलमा सफलता हासील गरेसँगै उनले अब हुने दुबई फुजेरा ओपन इन्टरनेशनल जिआइ ¥याङ्किङ प्रतियोगितामा समेत खेल्न पाउने भएका छन् । दुबई पुलिसका प्रशिक्षक अब्दुल जलिलले पहिलो पटक नेपाली खेलाडी छनोट भएकोमा बधाइ दिए । उनले यस अघि चन्दले अन्तर्राष्ट्रिय खुल्ला चौथो युएई कोरियन फ्रेन्डसिप टेक्वान्दोमा समेत गोलमेडल हात पारेका थिए ।

भारतमा भएको जिल्ला स्तरीय वइस्टन बम्बई तेक्वान्दो २०१८ ओपन च्यापियनसिप लगाएत भारतमा भएका अन्य २० ओटा प्रतियोगितामा गोल मेडल प्राप्त गर्न सफल भइसकेका छन् ।

यो पनि हेर्नुहोस्

‘युएई ओपन राष्ट्रिय ताइक्वान्डो’मा नेपालका चन्दलाई स्वर्ण पदक

तेक्वान्दोमा रमाएका करन

 


  •  
  •  
  •