भेनेजुएलाका राष्ट्रियसभा उपाध्यक्षलाई जेल राख्न आदेश

261
  •  
  •  
  •  

काराकस । भेनेजुएलाको एउटा विषेश अदालतले राष्ट्रिय सभाका उपाध्यक्षलाई जेल राख्न आदेश सुनाएको छ ।

सर्वोच्च अदालतले शुक्रबार दिएको जानकारी अनुसार ‘आतंकवादसम्वन्धी’ क्रियाकलापमा संलग्न भएको आरोपमा उपाध्यक्ष इड्गार जाम्ब्रानोलार्ई जेल सजाय राख्न आदेश सुनाएको हो ।

गत अप्रिल ३० मा विपक्षी नेता हुवान गुएइदो, उपाध्यक्ष जाम्ब्रानोसहित विपक्षी समूहले सरकार विरुद्ध उत्रिन आह्वान गरेका थिए ।

उनीहरुले राष्ट्रपति निकोलस मुदुरोलाई पदमुक्त गराउन पनि आग्रह गरेका थिए ।
त्यसपछि उपाध्यक्ष जाम्ब्रानोलगायत राष्ट्रिय सभाका केहीलाई सरकारी सुरक्षा अधिकारीहरूले अनुसन्धान अगाडि बढाएका थिए ।

त्यही अनुसन्धानकर्ताहरूको सिफारिसका आधारमा अदालतले उनलाई काराबास राख्न आदेश दिएको हो ।

एजेन्सी


  •  
  •  
  •