पशुपतिनाथको दर्शनपछि कपीलले भने ‘ म भाग्यमानी ’

260
  •  
  •  
  •  

काठमाडौँ, २८ मंसिर (ओएनएस) : भारतका चर्चित हास्य कलाकार कपील शर्माले पशुपतिनाथको दर्शन गरेपछि आफु भाग्यमानी भाएको बताएका छन् ।

आइतबार बिहान पशुपतिनाथको दर्शन गरेपछि आफ्नो फेसबुक पेजमा तस्विर सार्वजनिक गर्दै कपीलले लेखेका छन् – ‘ एट पशुपतिनाथ मन्दिर, काठमाडौं, नेपाल, लक्की आइ एम, जय भोले नाथ’ ( काठमाडौं, नेपालको पशुपतीनाथ मन्दिरमा, भाग्यमानी म, जय भोले नाथ) ।

कपील हिजो शनिबार एनसेलले आयोजना गरेको पर्पल फेस्टमा आफ्नो प्रस्तुती दिन काठमाडौं आएका थिए । तर काठमाडौं जिल्ला प्रशानसन कार्यालयले सुरक्षाको कारण दशरथ रंगशालामा कार्यक्रम नगर्न निर्देशन दिएपछि कार्यक्रम स्थगित भएको थियो ।

रंगशाला निर्माणाधिन रहेको तथा त्यहा ढुंगा गिट्टी भएको बताउँदै प्रशासनले कार्यक्रम स्थगित गर्न निर्देशन दिएको थियो । कार्यक्रम स्थगित भएपनि काठमाडौं आएका कपीलले फेरि कार्यक्रम लिएर आउने बताएका छन् । उनले कार्यक्रम स्थगित हुँदा दुख लागेको भएपनि सुरक्षा मुख्य कुरा भएको बताएका थिए । कपीलको भारतीय च्यानल कलर्सबाट आउने चर्चित कार्यक्रम ‘कमेडी नाइटस् विथ कपील’ को नेपालमा प्रशंसक धेरै छन् ।

Kapill


  •  
  •  
  •