कपडा गोदाममा प्रहरीको छापा, लाखाैँकाे कपडा बरामद

620
  •  
  •  
  •  

काठमाडौं, २७ फागुन (ओएनएस) : बालाजु कपडा गोदाममा प्रहरीले छापा मारेकाे छ। सरकारी अनुमति बिना भण्डारण गरिराखेको अवस्थामा एउटा कपडा गोदाममा शनिाबार छापा मारेको छ।

महानगरीय प्रहरी परिसर काठमाडौं र बालाजु बृत्तद्वारा खटिएकाे प्रहरीकाे संयुक्त टोलीले बालाजु गंगा हल पछाडि एक घरमा रहेको कपडा गोदाममा छापा मारेको हो।

छापा मार्ने क्रममा विभन्न कम्पनीका ९ सय ५९ पिस कुर्ता सुरवाला, सल्याक्स १ सय ३२ थान लगायत करिब १२ लाख मुल्य बराबरकाे सामान कपडा फेला परेकाे परिसरका प्रवक्ता डिएसपी माेहन थापाले बताए।

परिसरका प्रमुख एसएसपी विश्वराज पोखरेलले राजस्व र मूल्य अभिवृद्धी कर नतिरी अवैध रुपमा भित्रिएर भण्डारण गरिएको गोदाममा छापा मारेको बताए।

 


  •  
  •  
  •