कपास उद्योगमा आगलागी, २५ लाख बराबरको क्षति

549
  •  
  •  
  •  

भक्तपुर । भक्तुरको सूर्यविनायक नगरपालिका–२ बालकोटमा सञ्चालित मनकामना कपास उद्योगमा आगलागी भएको छ ।

फाइल तस्बिर

भोजपुर षडानन्द नगरपालिका –४ दिङलाकी सरिता चौलागाईंले सञ्चालन गरेको कपास उद्योगमा आइतबार बिहान ५ बजे आगलागी भएको हो ।

उद्योगमा रहेको ग्यास सिलिन्डरसमेत विस्फोट भएपछि कारखानामा आगो फैलिएको थियो ।
दमकल, नेपाल प्रहरी, नेपाली सेना र स्थानीयबासिन्दाको सहयोगमा अहिले आगो नियन्त्रणमा लिइएको महानगरीय प्रहरी वृत्त थिमिले जनाएको छ ।

आगलागीबाट कारखानामा रहेका कपाडा, कपडा पेलेर बनाइएको कालो कपास, मेसिन औजार र अन्य सामान जलेर नष्ट भएका छन् । प्रहरीका अनुसार आगलागीबाट करिब २० देखि २५ लाख रुपैयाँको क्षति अनुमान भएको गरिएको छ ।


  •  
  •  
  •