कपनको ढलमा बेपत्ता बालकको शव ललितपुरमा फेला

65
  •  
  •  
  •  


काठमाडौं । काठमाडौं कपनको ढलमा खसेर बेपत्ता बालकको शव ललितपुरमा भेटिएको छ । मंगलबार रातिदेखि बेपत्ता १० वर्षीय उज्ज्वल विकको शव वाग्मती गाउँपालिका–१ घुसेलको वाग्मती नदी किनारमा भेटिएको हो ।
उनी काठमाडौं महानगरपालिका–६ र बूढानीलकण्ठ नगरपालिका–१० को सिमानामा रहेको तरकारी बजार नजिकैको ढलमा खसेका थिए । प्रहरीले खिचेको फोटोमा परिवारले बालकको शव पहिचान गरेको महानगरीय प्रहरी प्रभाग कपनले जनाएको छ ।

ललितपुर प्रहरी प्रमुख किरण बज्राचार्यका अनुसार शव सडेको अवस्थामा फेला परेको छ । टिकाभैरवबाट गएको प्रहरीले पोस्टमार्टमका लागि पाटन अस्पताल ल्याउने क्रममा रहेको उनले बताइन् ।


  •  
  •  
  •