कलाकार शर्माको टोलीद्वारा १४० बालबालिकालाई न्यानो कपडा वितरण

68
  •  
  •  
  •  

काठमाडौं । कलाकार निर्मल शर्मासहितको टोलीले नुवाकोटको बेलकोटमा पुगेर राहत बाँडेको छ। टोलीले बालबालिकाका लागि जाडोमा लगाउने न्यानो कपडा वितरण गरेको हो ।

विभिन्न दाताहरुको सहयोग र जनचेतना नेपाल नामक संस्थासँग सहकार्य गर्दै बालबालिकाका लागि कपडा वितरण गरिएको सामाजिक सञ्जाल फेसबुकमार्फत् शर्माले जानकारी दिएका हुन्।

उनका अनुसार नुवाकोट जिल्ला बेलकोटगढी– ५ का बालबालिकालाई राहत वितरण गरिएको हो। कुल १ सय ४० जना बालबालिकाका लागि न्यानो कपडा बाँडिएको पनि उनले बताएका छन्।


  •  
  •  
  •