कानून विपरित गतिविधि गर्न कसैलाई छुट छैन : गृहमन्त्री थापा

389
  •  
  •  
  •  

मकवानपुर, ४ वैशाख(ओएनएस) : गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले कानून विपरित गतिविधि गर्न कसैलाई पनि छुट नभएको बताएका छन् ।

गृह मन्त्रालयद्वारा हेटौंडामा आयोजित प्रदेश नम्बर ३ स्तरीय गोष्ठीलाई बुधबार बिहान सम्बोधन गर्दै मन्त्री थापाले देश र संविधान विरोधि गतिविधि गर्ने नेत्रविक्रम चन्द‘विप्लव’ समूहलाई राजनीतिक मूलधारमा ल्याउन प्रयत्न भइरहेको बताए ।

कार्यक्रममा उनले भने, ‘राज्यविरुद्धका गतिविधि गर्दा सिके राउतलाई पनि पक्राउ गरिएको थियो । अहिले राज्य विरुद्धका गतिविधि गरेकै कारण विप्लवका नेता तथा कार्यकर्ता पक्राउ परेका छन् ।’

भूमिसम्बन्धी अनियमितताको अन्त्य गर्नका लागि आफूहरु लागिपरेको मन्त्री थापाको जोड छ । उनले भने, ‘भ्रष्टाचार नियन्त्रण गर्ने पहिलो काम भनेर प्राथमिकताका साथ लागिपरेका छौँ ।’

देशको अखण्डतासँगै सुरक्षा चुनौति पहिले धेरै नै भए पनि अहिले भने त्यस्तो अवस्था नरहेको उनको भनाइ छ । देशको सुरक्षाका लागि अभियान सञ्चालन गरिएको मन्त्री थापाले बताए ।

संघ, प्रदेश र स्थानीय तहसँग सहकार्य गरेर सुरक्षालाई अझै मजबुत बनाउने उनले प्रतिवद्धता जनाए ।


  •  
  •  
  •