सर्वोच्चले आज कान्तिपुरसँग बयान लिने

122
  •  
  •  
  •  

काठमाडौंं २६ भदौ (ओएनएस) :सर्वोच्च अदालतले सूचनाको अधिकार हनन हुने गरी जारी गरेको आदेशअनुसार कान्तिपुर पब्लिकेसन्ससँग आज बयान लिने भएको छ ।बयानमा पब्लिकेसन्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक कैलाश सिरोहिया, निर्देशक स्वस्तिका सिरोहिया, प्रधान सम्पादक सुधीर शर्मा र वरिष्ठ सहायक उपसम्पादक घनश्याम खड्का इजलाशमा उपस्थित हुने छन् ।

बयानका लागि कान्तिपुर बुधबारै हाजिर भए पनि सर्वोच्च प्रशासनले इजलाश गठनमा समय नपुग्ने भन्दै बिहीबारका लागि तारेख दिएको थियो ।आफू सूसुचित हुने हक हनन् हुन नदिन बुधबार ठूलो संख्यामा सर्वोच्च अदालतमा आम पाठक पुगेर प्रेस स्वतन्त्रताप्रति ऐक्यबद्धता जनाएका थिए ।

कान्तिपुर विरुद्ध परेका दुई छुट्टाछुट्टै मुद्दामा सुनुवाइ गर्दै म्याद पाएको सात दिनभित्र तारेख थाम्न नपाइने गरी अदालतमा आफैं उपस्थित हुन भदौ १० गते न्यायाधीश गोपालप्रसाद पराजुलीले ११ पृष्ठ लामो कारण देखाऊ आदेश जारी गरेका थिए । उनले मुद्दालाई फौजदारी लगतमा राख्न समेत लगाएका थिए । त्यस बमोजिम भदौ २० मा अदालतले हाजिर हुने पत्र बुझाएको थियो ।


  •  
  •  
  •