पृथ्वी वर्ष घोषणाको माग

158
  •  
  •  
  •  

काठमाडौं १२ कात्तिक(ओएनएस) : बरिष्ठ लेखक गणेशमान श्रेष्ठले कान्तिपुर एकिकरण भएको दिनलाई पृथ्वी बर्ष घोषणा गर्न माग गरेका छन् ।
पृथ्वीनारायण शाहले कान्तिपुर एकिकरण गरेको दिन वि.स.१८२५ असोज १३ गतेलाई राष्ट्र स्थापना दिवस र पृथ्वी वर्षको घोषणा गर्न माग गरेका हुन् ।
श्रेष्ठले नेपालको राष्ट्रको जन्मदिन अथवा प्रारम्भ वर्षलाई आधार मानेर नै नेपालको ऐतिहासिक विकास गरिएमा राष्ट्रिय सहमती बन्ने र विवादहरु सुल्झिने बताए । उनले राजनीतिक दलहरुलाई सत्तामुखी भन्दा राष्ट्रमुखी बन्नका लागि समेत सुझाव दिएका छन् ।

‘यो प्रस्तावलाई नेपाल सरकार, संविधान सभा, राजनीतिक दलहरु, नागरिक समाज, सञ्चारजगत र बौद्धिक क्षेत्रले पहलको लागि राष्ट्र स्थापना दिवस र पृथ्वी वर्षको घोषणा गर्छु’उनले भने ।

श्रेष्ठले हालै आधुनिक नेपालको ३सय ४३ वर्षको राजनैतिक समयचक्र वि.स. १८२५ आश्विन १३ देखि २१६८ आश्विन १२ सम्मको विगत, वर्तमान र भविष्य संकेत गर्दै विश्लेषणात्मक पुस्तक समेत लेखेका छन् ।

[checklist][/checklist]


  •  
  •  
  •