सगरमाथा आधार शिविरमा मानव कंकाल फेला

101
  •  
  •  
  •  


काठमाडौं । सेनाको टोलीले सगरमाथा आधार शिविरमा मानव कंकाल फेला पारेको छ।
सफा हिमाल अभियान–२०२१ अन्तर्गत फोहोर संकलनमा खटिएको सेनासहितको टोलीले मंगलबार सगरमाथाबाट मानव कंकाल फेला पारेको हो।

कंकालको दायाँ हात र बायाँ पाखुरा फेला पारिएको सैनिक जनसम्पर्क तथा निर्देशनालयले जनाएको छ।
सगरमाथाको क्याम्प २ बाट संकलन गरिएको फोहोरमा मानव कंकाल फेला परेको सेनाले जनाएको छ। उक्त कंकाल वर्षौंदेखि हराइरहेका आरोहीको हुनसक्ने अनुमान गरिएको छ।

फेला परेको मानव कंकाललाई वेश क्याम्पबाट हेलिकप्टरमार्फत् लुक्ला पठाइएको छ। लुक्लास्थित इलाका प्रहरी कार्यालयले कंकालबारे अनुसन्धान गरिरहेको छ।


  •  
  •  
  •