कंगना अब निर्देशक !

47
  •  
  •  
  •  

बाबु आमाको डाक्टर बन्ने चाहनालाई पुरा गर्न स्विट सिक्टीनमा दिल्ली झरेकी हिमाञ्चल प्रदेशकी कंगना रनावत डाक्टर त बनिनन् । तर, बिग्रिनन् पनि ।   मोडलिङ हुँदै ग्ल्यामर फिल्डमा पाइला टेकेपछी उनले बलिउडसम्मको यात्रा तय गरिन् ।

न कुनै कलाकारकी सन्तान, न कोही गडफादर ।   कंगनाले एक्लै बलिउडमा संघर्या गरिन् र पहिलो फिल्म ग्याङस्टार बाटै फिल्मफेयर अवार्ड जितिन् ।

नाट्यकर्मी अरविन्द्र गौरको प्रशिक्षणमा अभिनयको व्याकरण सिकेकी कंगनाले पछिल्लोपटक फिल्म क्वीन मार्फत् अभिनयको आफ्नो असाधारण प्रतिभा देखाइन् ।   प्राय नयाँ नयाँ काम र प्रयोग गर्न रुचाउने कंगना अब भने फिल्मको निर्देशक बन्ने पक्का भएको छ ।  

न्युयोर्क फिल्म एकेडेमिबाट स्क्रिप्ट लेखनको तीन महिने कोर्स सकेर भारत फर्कीएकी उनले तत्कालै काममा भिड्न चाहेकी छन् । 


  •  
  •  
  •